२९ भदाै, काठमाडाैँ। वाइ-फाई नेपालको ‘दशैंको मास्टर अफर’ सुरू भएको छ। दशैँ लक्षित यो अफर आजबाट सुरू भएको हो।
यस अफर अन्तर्गत ३० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गरिरहेका कम्पनीका ग्राहक निः शुल्क ५० एमबिपिएसमा अपग्रेड हुन पाउनेछन्।
त्यस्तै, यसभन्दा अघि नै ५० एमबिपिएस इन्टरनेट प्रयोग गरिरहेका ग्राहकहरूले करबाहेक वार्षिक ४००० रूपैयाँमा इन्टरनेट चलाउन पाउनेछन्। त्यसैगरी, ६ महिनाको २१ सय तथा ३ महिनाको शुल्क जम्मा ११ सय पर्ने जानकारी दिइएको छ।
५० एमबिपिएस इन्टरनेट वार्षिक रूपमा नविकरण गर्दा एक महिनाको जम्मा ३३३ रूपैयाँ हुन आउने कम्पनीले बताएको छ।
तर, ५० एमबिपिएसको नयाँ इन्टरनेट जडान गर्दा ग्राहकहरूले ५ हजार ५ सय शुल्क तिर्नुपर्नेछ। यसमा राउटर, तार र जडान शुल्क समेत जोडिएको कम्पनीको दाबी छ।
यस कम्पनीको ८० एमबिपिएसको अर्को योजना पनि छ। जसका लागि ग्राहकले वार्षिक रूपमा कर बाहेक ६ हजार रूपैयाँ तिर्नु पर्नेछ। कम्पनीका सेवाहरूबारे यहाँ क्लिक गरेर थप जानकारी लिन सकिनेछ।