३० भदाै, एजेन्सी। बेलायती महारानी एलिजावेथको कफिनलाई लन्डन लैजाने उडान इतिहासमै सबैभन्दा बढी ट्र्याक गरिएको छ। वेबसाइट फ्लाइटराडर२४ ले जनाए अनुसार कुनै पनि फ्लाइटलाई गरिएको यो नै सबैभन्दा धेरै ट्र्याक हो।
लगभग ६० लाख मानिसले एडिनबर्गबाट आरएएफ नर्थोल्टसम्मको हवाइ मार्गमा पहिलो मिनेट देखि नै विमानलाई ट्र्याक गरेको वेबसाइटले उल्लेख गरेको छ।
ट्राफिक धेरै भएपछि वेभसाइटमा नै समस्या देखिएको थियो। फ्लाइटराडर२४ मार्फत हरेक व्यक्तिले विमानलाई ट्र्याक गर्न सक्छन्।
यस वेभसाइटको एप र वेभसाइटमा करीब ४८ लाख मानिसहरूले प्लेनको फ्लाइट हेरिरहँदा करीब ३ लाखले युट्युब लाइभमा हेरेका थिए।
यसभन्दा अघि अमेरिकी राजनीतिज्ञ नान्सी पेलोसी ताइवान जाँदा करीब २२ लाख मानिसहरूले फ्लाइटराडर२४ मार्फत विमान ट्र्याक गरेका थिए।
रानीको कफिन एडिनबर्गको सेन्ट गिल्स क्याथेड्रलबाट आरएएफ ग्लोबमास्टर C-17 मा लगिएको थियो।