३० भदाै, काठमाडाैँ। नेपालको निजी टेलिकम सेवा प्रदायक कम्पनीले एनसेलले चाडपर्व लक्षित नयाँ अफर ल्याएको छ।
एनसेलले दैनिक १०० रूपैयाँ भन्दा माथिको रिचार्जमा ४० रूपैयाँसम्म बोनस पाउन सकिने अफर ल्याएको हो। जस अन्तर्गत ग्राहकहरूले २०० वा सोभन्दा माथि रिचार्ज गर्दा ४० रूपैयाँ बोनसमा पाउन सक्नेछन्।
त्यसैगरी, १०० रूपैयाँ रिचार्ज गर्दा १० रूपैयाँ र १५० रूपैयाँ रिचार्ज गर्दा २० रूपैयाँ बोनसमा पाउन सक्नेछन्।