३० भदाै, काठमाडाैँ। अब ई–भिसा (इलेक्ट्रोनिक भिसा) को शुल्क डिजिटल कार्डमार्फत भुक्तानी गर्न सकिने भएको छ। बुधबार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यो व्यवस्था लागु भएको जानकारी दिएको हो।
अब नेपालीहरूले सरल रूपमै डिजिटल कार्डमार्फत ई–भिसाको शुल्क भुक्तानी गर्ने सक्नेछन्। विदेशी नियोगले ई– भिसाको शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गरेपछि मात्रै यो सुविधा प्रयोग गर्न पाइने राष्ट्र बैंकले प्रष्ट पारेको छ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रमा भनिएको छ, ‘ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा तोकिएका शर्तहरू पालना हुने गरी त्यस्ता तोकिएका संस्थामार्फत भिसा बापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय/डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने छ ।’
यस्तो छ राष्ट्र बैंकले जारी गरेको परिपत्र