३१ भदाै, काठमाडाैँ । आईफोन १३ प्रो सस्तोमा बेच्ने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। फेसबुकमार्फत सस्तोमा आईफोन १३ प्रो बेच्ने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा २३ वर्षीय प्रसिन चौधरी पक्राउ परेका हुन्।
सुनसरीको इटहरी घर भएका उनलाई बुधबार दिउँसो प्रहरीले नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो। उनलाई ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ।
उनी फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्यमा संलग्न भएको अभियोग लगाइएको छ।
१ लाख १५ हजारमा आईफोन १३ प्रो दिने भनि उनले भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न ब्यक्तिहरुको ईसेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको आरोप लागेको छ।