१ असोज, काठमाडाैँ। ग्लोबल आईएमई बैंक लिमिटेड बैंकको मोबाइल एपबाट क्यूआरमार्फत भुक्तानी गरी दशैँको किनमेल गर्दा आईफोन १३ जित्ने अफर सार्वजनिक भएको छ।
बैंकले दशैँको किनमेलमा बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गर्ने २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको हो।
ग्लोबल आईएमई बैंकको यो अफर आजदेखि महिनाभर चल्नेछ। यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत दुई जना ग्राहकहरुलाई आईफोन १३ प्रदान गरिने जानकारी दिइएको छ।
असोज महिनाभित्र कम्तिमा पाँच सयका ६ वटा भुक्तानि गर्ने ग्राहकहरू यस अफरका लागि योग्य हुनेछन्। स्विफ्ट टेक्नोलोजिज प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालिसँगको सहकार्यमा बैंकले यो अफर ल्याएको हो।