Trending:

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना
अपडेट

३० वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो

३० वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 5 मिनेट

२ असोज, काठमाडौं । ‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भने। मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन् । तिनै उदाहरण हुन् वैज्ञानिक, आविष्कारक र सामाजिक अभियन्ताका रुपमा चिनिने महावीर पुन जसले वैज्ञानिक आविष्कार गरेर नेपालको पहिचानलाई विश्वभर पुर्याए।

विरलै भेटिन्छन् यस्ता मान्छे जो पैसादेखि डराउँछन् । यो त्यही समाज हो जहाँ पैसा कमाउन र सम्पत्ति जोड्न मानिले हदैसम्म गर्छन् । तर पैसाको पछि नलाग्ने, देशको उन्नति र युवाको भविष्यमा चिन्तित पुन पनि यही समाजमा भेटिन्छन् र अझै पुन जस्ता नेपाली आमाका सपुतहरु राष्ट्रका लागि धेरै जन्मनुपर्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेशनको संयुक्त पहलमा नगद एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो ।

प्रसिद्ध म्यागासेसेलगायत दर्जनौं पुरस्कार प्राप्त गरिसकेका पुनलाई पुरस्कार र मान पदवीप्रति कत्ति पनि मोह छैन । उनी भन्छन्, ‘पुरस्कार पाउँदा सुरुमा सबै खुसी हुन्छन् । पुरस्कार, पदक र सम्मान हौसला प्रदानका लागि हुन् । मलाई अवार्ड दिन चाहनेलाई भन्ने गरेको छु, पुरस्कार मलाई नदिनुस् भनेर घोषणा गरेको छु, ती पुरस्कार युवालाई दिनुस् जसबाट अनुसन्धान र आविष्कार गर्न प्रेरणा मिलोेस् । मेरो नाम जोडिएर आएको पुरस्कार लिन्न ।’

महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाएका छन् पुनले ।

अहिले राष्ट्रिय आविष्कार केन्द्रका लागि वैज्ञानिक अनुसन्धानकर्ताका रुपमा नभई एउटा गोठालेका रुपमा काम गरिरहेको पुन बताउँछन् । ‘म अनुसन्धान आविष्कारक हैन । गोठालेका रुपमा काम गरिरहेको छु । आविष्कार भनेको आउने युवा वैज्ञानिकको सीप उपयोग गर्ने फोरमका रुपमा स्थापित गरिरहेको छु’, उनले भने ।

विसं २०११ माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मिएका पुनले गाउँमै प्रारम्भिक शिक्षा हासिल गरे । जहाँ कलम हैन ढुङ्गाले लेखिन्थ्यो । संयोगले अमेरिकामा स्नातक अध्ययनको छात्रवृत्ति पाए । जसले पुनको जीवनलाई बदलिदियो । अमेरिकाको नेब्रास्का राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरेपछि पुन नेपालको शैक्षिक तथा आर्थिक विकासका लागि नमूना शिक्षा प्रदान गर्ने स्कुल स्थापना गर्ने साहस र महत्वकांक्षी लक्ष्य लिएर गाउँ फर्किए ।

पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान् आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिन्छन् । पुनले म्याग्दीका दुर्गम गाउँमा कम्प्युटर पुर्याए। इन्टरनेट जोडेर उदाहरणीय काम गरे । बिग्रेका कम्प्युटरहरूको पार्टपुर्जा जोडेर गाउँमा कम्प्युटर आविष्कार गरे अनि वायरलेस प्रविधिमार्फत गाउँ–घर र त्यहाँका विभिन्न विद्यालयमा इन्टरनेट पुर्याए ।

आविष्कार केन्द्र किन ?

पुनले आविष्कार केन्द्र कुनै स्वार्थका लागि खोलेका हैनन् । यहाँबाट कुनै लाभ लिऔँला भन्ने महत्वकांक्षा पनि छैन । तर युवाको सीप र सिर्जनालाई आविष्कार गरेर उद्यमशीलता विकास गर्ने पुनमा हुटहुटी छ । त्यसैले पुन आफ्नो यात्रामा अविचलित छन्। ‘यो मैले मेरा लागि खोलेको हैन, मलाई केही पनि चाहिँदैन’, उनले भने, ‘म फरक किसिमको स्वतन्त्र मान्छे हुँ । ३० वर्ष भयो स्वतन्त्र मान्छे बनेको । यो अवधिसम्म म कुनै जागिर नखाएको मान्छे । कुनै व्यवसाय गर्न जानिन । जागिर चाहिँ मन नपर्ने भएर नखाएको । व्यापार व्यवसाय गर्न कुनै आइडिया पनि छैन । पूँजी छैन । त्यही भएर म चाहिँ एउटा झोला बोकेर हिँड्ने मान्छे भएको हो । र त्यो झोला बोकेर हिँडेको ३० वर्ष भयो ।’

पुनले ३० वर्ष झोला बोकेर हिँडेको र २० वर्ष गाउँमा बिताएको निकै दर्दनाक कहानी सुनाए। उक्त अवधिमा पुनले नेपालका पहाडी जिल्लामा घुम्ने गाउँलेहरुलाई सघाउने काम गरे। गाउँले जनताको सुखदुःखमा रमाउने उनको बानी बन्यो । पुन भन्छन् ‘मैले २० वर्ष गाउँ घुम्दा गहिरोसँग प्राप्त गरेको ज्ञान भनेको नेपाल गरिब रहेछ भन्ने थाहा पाए । नेपालमा युवाहरु रोजगारीका लागि बाध्य भएर विदेशमा जाने चलन छ । यदि नेपाल समृद्ध भइदिएको भए आज ५०/६० लाख नेपाली विदेसिनुपर्ने थिएन् ।’

बीस वर्षको अवधिमा पुनलाई रोजगारी सिर्जना गर्नुपर्छ भन्ने बुद्धि आयो । तर, कसरी ? अमेरिका, जापान, कोरिया, मलेसिया, खाडी मुलुकमा रोजगारी कसरी गरिरहेको छ । रोजगारी सिर्जनाका लागि उद्यमीहरुको सिर्जना गरिनुपर्छ । ‘हामी नेपालीहरु अलमलिएका छौँ, रोजगारी सरकारले सिर्जना गर्ने हो भनेर सरकारलाई गाली गर्छौं, रोजगारीको सिर्जना वास्तवमा उद्यमीले गर्ने हो । उद्यमी नभएकाले रोजगारी भएन । अमेरिकामा आठ वर्ष बसेको मान्छे आफैँलाई थाहा थिएन रोजगारी कसरी बनाउने । गाउँमा २० वर्ष बसेपछि बल्ल ज्ञान भयो । उद्यमी बन्नलाई अनुसन्धान र आविष्कार गर्नुपर्छ । त्यही सोचका कारण आविष्कार केन्द्रको जन्म भयो’, पुनले भने।

उद्यमी बन्नका लागि सबैभन्दा पहिलो कुरा अनुसन्धान चाहिन्छ । त्यो जुनसुकै क्षेत्रमा किन नहोस् । उद्यमी बन्नका लागि अनुसन्धान गनैपर्छ । अनुसन्धान कति आवश्यक रहेछ भन्ने कुरा थाहा पाउन पुनलाई २० वर्ष लाग्यो । अहिले १० वर्षदेखि पुनले जानेको कुरा सिकाउँदै छन् । पुनको विचारमा नेपालको अर्थतन्त्र सुधार्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरुले नै हो । सरकारले उद्यमी फस्टाउने वातावरण बनाइदिने हो ।

पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्र भनेको ‘प्लेटफर्म’ हो त्यहाँ आएर काम गर्ने वातावरण बनाइदिएको हो । हामीले वातावरण बनाएका छौँ, आइडिया र सिर्जनशीलता, भएका नेपालीले केन्द्रमा आविष्कार गर्नसक्छन् । आइडियामा अनुसन्धान गरेर उद्यमशीलता विकासका लागि केन्द्रले प्रोत्साहित गर्ने गरेको पुनले सुनाए। उनले भने, ‘केन्द्रमा आएर कसैले कुनै आइडिया सिक्न चाहन्छ, भने बेस्सरी काम गर पैसाको चिन्ता नगर भनेको छु । तर, यो कुनै मिडियाबाजी गर्न भनेको हैन । बाध्य भएर भनेको हो । म जस्तो पैसा नभएको मान्छेले भनेको कस्ले पत्याउँछ होला र तर पनि हिम्मत हारेको छैन मिहिनेत गरिरहेको छु ।’

पुनको अनुभवमा अनुसन्धान ‘रिस्की’ काम हो । धेरै लगानी र हन्डर खाएर मात्रै सफलता पाइन्छ । आविष्कार केन्द्रलाई निम्नवर्गका व्यक्तिले भरोसाको केन्द्रका रुपमा हेरेको र उनीहरुको निरन्तर सहयोगबाट हालसम्म १५ करोड सहयोग जुटिसकेको पुनले जानकारी दिए ।

पुनले यस्ता आविष्कार केन्द्र देशभर विस्तार गर्नुपर्ने र यसमा सरकारले विशेष चासो दिनुपर्ने औँल्याए। एनआरएनएहरुले विदेशमा आर्जन गरेको आर्थिक लगानी ज्ञान, सीप र प्रविधिलाई नेपालमा अनुसन्धान क्षेत्रमा लगानी गर्नुपर्ने पुनको भनाइ छ । साथै, अनुसन्धानमूलक क्षेत्रमा लगानी गर्न नेपालका बैंकहरुलाई आग्रह गरे ।

आविष्कार केन्द्रमा के भइरहेको छ ?

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा अवस्थित राष्ट्रिय आविष्कार केन्द्रमा साना–साना अनुसन्धान र आविष्कारका काम भइरहेका छन् । पुनका अनुसार सबै क्षेत्रमा काम भइरहेको छ । कृषि, स्वास्थ्य, शिक्षा तथा इन्जिनियरिङ क्षेत्रमा भेरै काम भइरहेको छ, रकेट, ड्रोन बनाउनेदेखि इलेक्ट्रोनिक ग्याजेट, सफ्टवेयर हार्डवेर निर्माणको काम पनि भइरहेको छ । एउटै साँघुरो थलोमा यी सब काम कोचाकोच गरेर भइरहेका पुनले बताए। उनले भने, ‘अहिले हामी सिक्दैछौँ । अहिले आविष्कार केन्द्र निम्न माध्यमिक अवस्थामा छ । हामीलाई पिएचडी गर्न धेरै वर्ष लाग्छ । किनभने यो काम जानेर पैसा भएर गरेको पनि हैन ।’

सन् २०१२ मा दर्ता भएको आविष्कार केन्द्रले सन् २०१७ सम्म केन्द्रको खातामा रु एक पनि थिएन । आविष्कार कसरी गर्ने भन्ने पनि थाहा थिएन । म झोला बोकेर हिँड्नेले कसरी गर्ने । सन् २०१८ देखि सुरु भएको अनुसन्धानको काम छोटो अवधिमा पनि राम्रै उपलब्धि भएको छ । यसलाई अझै माथि लैजाने पुनको सोच छ । अनुसन्धानलाई प्राथमिकता नदिए देशको अर्थतन्त्रलाई उकास्न नसकिने पुनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?