४ असोज, एजेन्सी। अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जि एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिवन्ध लगाइएको अधिकारीहरुको भनाई छ । प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिवन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।
तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको थियो । तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भने, “हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाईट बन्द गरेका छौँ, एउटा बन्द गर्यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।”