४ असोज, काठमाडाैँ। नेपालमा पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ सञ्चालन हुने भएको छ।
सुबिसु इन्टरनेटले प्रयोजन गरेको ‘अल्टिमेट ब्याटलः पब्जी एण्ड फ्रिफायर’ सेप्टेम्बरमा सुरू हुनेछ। यो प्रतियोगिता नोभेम्बरसम्म् चल्नेछ।
पब्जी र फ्रिफायर प्रतियोगिताका करीब ५ हजार टिमले सहभागिता जनाउने अनुमान गरिएको छ। यस प्रतियोगिताको पुरस्कार राशी चार लाख भएको र विजेताहरूका लागि अन्य गिफ्ट ह्याम्परहरू पनि रहेको सुबिसुले जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकहरूका लागि १५ सेप्टेम्बरदेखि सुरू गरिएको रजिस्ट्रेशन गर्ने अन्तिम दिन आज रहेको छ। इच्छुक टिमहरूले तलको क्युआर कोड स्क्यान गरेर नाम रजिस्टर गर्न सक्नेछन्।
सुबिसुको फेसबुक र इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारे थप जानकारी दिइने जनाइएको छ।
जय म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनर रहेको प्रतियोगिताको इभेन्ट पार्टनर ओटाकु जात्रा रहेको छ। सुरूवाती चरणका खेलहरू भर्चुअल माध्यममा हुने भएता पनि फाइनल खेल भने भाैतिक उपस्थितिमै हुने जानकारी दिइएको छ।