Trending:

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना
अपडेट

सरकारी निकायले सङ्कलन गरेका तथ्याङ्कलाई अब एकीकृत रूपमा राखिने

सरकारी निकायले सङ्कलन गरेका तथ्याङ्कलाई अब एकीकृत रूपमा राखिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

५ असोज, काठमाडौं । सरकारले अबदेखि सबै निकायले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत रूपमा राख्ने भएको छ ।

अहिले मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय, वित्तीय संस्थालगायत निकाय र विभिन्न गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गर्दै आएका छन् । सरकारले राष्ट्रिय तथ्याङ्क ऐन जारी गरेसँगै उक्त निकायले सङ्कलन गरेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क प्रणाली स्थापना गरी एकीकृत गर्न लागिएको हो ।

राष्ट्रियस्तरको तथ्याङ्क सङ्कलन गर्नका लागि भने राष्ट्रिय तथ्याङ्क प्रणालीको कार्यालयबाट अनुमति लिनुपर्नेछ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रिय तथ्याङ्क ऐन जारी भएकाले विभिन्न निकायले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत गर्दै डिजिटलाइजेसन गरी भण्डारण गर्ने अधिकार राष्ट्रिय तथ्याङ्क प्रणालीको कार्यालयलाई हुने बताए ।

उनका अनुसार राष्ट्रिय तथ्याङ्क प्रणालीले सरकारी निकायबाट प्रदान गरिने सेवाप्रवाहका लागि भरिने फाराम तथा अभिलेखलाई अन्तरप्रणाली तहमा आबद्धता गरी त्यस्तो फाराम वा अभिलेखबाट प्राप्त तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्धता गरिने छ ।

प्रशासनिक अभिलेखबाट प्राप्त विवरणको स्तरीकृत अभिलेख ढाँचा, तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, नतिजा प्रकाशनको विधि, नमुना छनोट प्रक्रिया, तथ्याङ्क वा सूचकको आँकलन, प्रदेश, जिल्ला तथा स्थानीय तहको भू–पहिचानको सङ्केत नम्बर लगायतको विधिबाट तथ्याङ्कसम्बन्धी गुणस्तर निर्धारण गर्न सकिने जारी नयाँ तथ्याङ्क ऐनमा उल्लेख गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क प्रणाली कार्यालयको वार्षिक प्रतिवेदन र ऐन कार्यान्वयनको मापन कार्यालयले तथ्याङ्कसम्बन्धी कार्यको वार्षिक कार्यविवरणसहितको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र विद्युतीय माध्यमबाट प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै ऐन प्रारम्भ भएको पाँच वर्ष पूरा भएको एक वर्षभित्र सम्बन्धित मन्त्रालयले ऐन कार्यान्वयनको मापन गर्नुपर्ने छ । उक्त ऐन कार्यान्वयन मापनको प्रतिवेदन सङ्घीय संसद्को दुवै सदनको सम्बन्धित समितिमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।-गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?