६ असोज, एजेन्सी। अप्टसमा ह्याकरहरूले आक्रमण गरेपछि लाखाैँ अष्ट्रेलियनहरूको व्यक्तिगत विवरणमा अनाधिकृत पहुँच पुगेको पाइएको छ।
अप्टसमा बिहीबार एक विज्ञप्ती जारी गर्दै कम्पनीमा ह्याकरले आक्रमण गरेको र करीब ९० लाख मानिसहरूको व्यक्तिगत विवरणमा पहुँच पुर्याएको पुष्टि गरेको छ। अप्टस अष्ट्रेलियाको टेलिकम कम्पनी हो।
ह्याकरहरूले कम्पनीका ग्राहकरूको नाम, जन्म मिति, फोन नम्बर, इमेल तथा चालक अनुमतिपत्र वा राहदानी नम्बरहरू समेत सार्वजनिक गरेको बताइएको छ। तर, भुक्तानी विवरण (पेमेन्ट डिटेल्स) र पासवर्डहरू भने सार्वजनिक नगरिएको बताइएको छ।
द अस्ट्रेलियनले रिपोर्ट गरे अनुसार टेल्कोको फायरवालमा भएको कमजोरीका कारण कम्पनीका २.८ मिलियन ग्राहकहरूको सम्पूर्ण विवरणहरू ह्याकरले पाएका छन्।
अहिलेको साइबर अाक्रमणले अप्टसका अहिले र पहिलेका ग्राहकहरू नै प्रभावित हुने बताइएको छ।