६ असोज, काठमाडाैँ। नेपाल टेलिकमले थप स्थानबाट ई-सिम वितरण गर्ने भएको छ। ग्राहकवर्गको सुविधाका लागि कम्पनी थप आठ स्थानबाट ई-सिम वितरण गर्ने भएको हो।
अब ग्राहकहरूले ग्राहक सेवा केन्द्रहरु सुन्धारा, नक्शाल, चावहिल, ठिमी,भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालय र केन्द्र पुल्चोकबाट पनि माग बमोजिम ई-सिम प्राप्त गर्न सक्ने भएका छन्।
टेलिकमका प्रिपेड वा पोस्टपेड ग्राहकले हाल सञ्चालनमा रहेको सिम निः शुल्क ई-सिममा अपग्रेग गर्न सक्नेछन्।
ई-सिम प्रविधिलाई समर्थन गर्ने फोन भएका ग्राहकहरूले आफ्ना ह्यान्डसेटहरूमा नयाँ प्रविधि प्रयोग गरि नयाँ अनुभवको मज्जा लिन टेलिकमले अनुरोध गरेको छ।