Trending:

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम
अपडेट

१ लाख स्मार्ट मिटर जढान गर्दै प्राधिकरण, ग्राहकले स्तरीय विद्युत् सेवा पाउने

१ लाख स्मार्ट मिटर जढान गर्दै प्राधिकरण, ग्राहकले स्तरीय विद्युत् सेवा पाउने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका विभिन्न योजना अघि सारेको छ । काठमाडौँका दुई वितरण केन्द्र मातहत करिब एक लाख स्मार्ट मिटर जडान जारी राखेको प्राधिकरणले उपत्यकाभर र क्रमिक रूपमा देशभर नै स्मार्ट मिटर प्रणाली जडान गर्ने सोचका साथ काम थालेको छ ।

प्राधिकरणले रत्नपार्क र महाराज वितरण केन्द्र मातहतका सम्पूर्ण पुराना ग्राहक मिटर स्मार्टले प्रतिस्थापन गर्न सुरु गरेको हो । एसियाली विकास बैङ्कको सहुलियतपूर्ण कर्जाबाट काठमाडौँ उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत हालसम्म करिब ५२ हजार थान स्मार्ट मिटर जडान भइसकेको जनाइएको छ । सो क्षेत्रअन्तर्गत ९७ हजार ग्राहक छन् ।

आयोजना प्रमुख रवीन्द्र श्रेष्ठका अनुसार कोरोना महामारीका कारण केही समय अवरुद्ध भएको जडान प्रक्रिया अहिले सुचारु भइसकेको छ । ‘महामारीका कारण हाम्रै इन्जिनियर तथा कर्मचारी सङ्क्रमित भएपछि केही समय काम रोकियो,’ उनले भने, ‘ग्राहकले सहज महसुस गर्न थालेपछि र प्राविधिकहरू निको भएपछि अहिले दैनिक ४५० थानसम्म जडान भइरहेको छ ।’

विद्युत् मिटरका लागि चीनको पिङ्गो र विसडम कम्पनीले ठेक्का प्राप्त गरेका थिए । यो कार्यका लागि एडीबीबाट करिब ९४ करोड रुपियाँ ऋण लिइएको हो ।

गत वर्ष साउनबाट मार्गदर्शक आयोजनाका रूपमा सुरु गरिएको यो परियोजना एडीबीकै सहुलियतपूर्ण कर्जामार्पmत उपत्यकाभर विस्तार गर्ने योजना प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय गरिरहेको छ

यसका लागि एडीबीले सहमति जनाइसकेको छ यद्यपि सम्झौता भने भइसकेको छैन । प्राधिकरण व्यवस्थापन अहिले बोलपत्र दस्तावेजलगायतको तयारीमा जुटिरहेको छ । हाल ९७ हजार ग्राहकबाहेक करिब तीन लाख ७५ हजार ग्राहकका मिटर अब स्मार्ट गराउने योजना प्राधिकरणको छ ।

फ्रिक्वेन्सीको सकस
स्मार्ट मिटर जडान गरेपछि ग्रहकको विद्युत् खपत विवरण प्राधिकरणले आफ्नै कार्यालयबाट प्राप्त गर्न सक्छ । यसका लागि ग्राहकका मिटरलाई जीपीएस वा रेडियो फ्रिक्वेन्सी आवश्यक पर्छ ।

जीपीएसबाट बृहत् रूपमा सञ्चालन गर्न कठिन र महँगोसमेत हुन्छ । प्राधिकरणले रेडियो फ्रिक्वेन्सीका लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणमा प्रस्ताव पठाइसकेको छ ।

प्राधिकरण स्रोतका अनुसार ३९३ देखि ३९८.५ सम्मको युटिलिटी फ्रिक्वेन्सी माग गरेकामा दूरसञ्चार प्राधिकरणले वार्षिक दुई अर्ब लिने योजना बनाएको छ तर अन्तर्राष्ट्रिय अभ्यासअनुरूप यो निःशुल्क पाउनुपर्ने तर्क विद्युत् प्राधिकरणले राख्दै आएको छ ।

त्यो शुल्क तिर्नुभन्दा मिटर रिडर नै पठाउने योजना प्राधिकरण व्यवस्थापनको छ । फ्रिक्वेन्सीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिन पहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ । उनीहरूको स्वीकृतिपछि प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।

प्राधिकरणले हाल सञ्चालन गरिरहेका थ्रीफेज टीओडी तथा ग्राहक स्मार्ट मिटरलाई अनुकूलताअनुरूप जीपीएस पद्धति वा मिटर रिडर पठाएरै ग्राहकलाई विवरण प्राप्त गरिरहेको छ ।

किन स्मार्ट मिटर ?
स्मार्ट मिटर जडान गरेपछि रेडियो फ्रिक्वेन्सीकै सहायताले प्राधिकरणले ग्राहकको घरको मिटरको बिल मापन गर्न सक्छ भने ग्राहकले पनि आफ्नो विद्युत् खपतलाई नियन्त्रणमा राख्नसक्ने व्यवस्था छ । एपमार्फत् ग्राहकले विद्युतसम्बन्धी विवरण पाउन सक्छ ।

अझ यसको आकर्षक पक्ष भनेको सौर्य ऊर्जा जडान गरेका ग्राहकले आफूसँग बढी भएको सौर्य विद्युत् प्राधिकरणलाई बेच्नसमेत सक्ने छन् । ग्राहकले आफू जुनसुकै स्थानमा भए पनि आफ्नो घरको विद्युत् खपतको अवस्था जानकारी मोबाइलबाटै लिन सक्छन् । त्यस्तै रिमोटबाटै विद्युत् सेवा बन्द गर्न वा सुचारु गर्नसक्ने सुविधा पनि यसमा उपलब्ध हुन्छन् । यसबाट रियल टाइम खपतसमेत ग्राहकले देख्न पाउँछ ।

देशैभर स्मार्ट मिटर
नेपाल विद्युत् प्राधिकरणले अबदेखि सबै खाले ग्राहकलाई स्मार्ट प्रविधि चल्ने विद्युत् मिटर उपलब्ध गराउने भएको छ । अहिलेसम्म थ्रीफेज र टीओडी ग्राहकलाई यस्तो मिटर उपलब्ध गराउने गरेकामा अब सिङ्गलफेज ग्राहकलाई समेत स्मार्ट मिटर उपलब्ध गराउने भएको छ ।

‘यसका लागि हामीले पाँच लाख थान स्मार्ट प्रविधियुक्त मिटर खरिदका लागि टेन्डर आह्वान गरेका छौँ,’ प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले भने, ‘तत्काल स्मार्ट प्रविधि जडान गर्न नसके पनि अब स्मार्ट प्रविधि चलाउन मिल्ने मिटर मात्र ग्राहकलाई हामीले उपलब्ध गराउने गरी यो टेन्डर आह्वान गरिएको हो ।’

प्राधिकरणले यसअघि इलेक्ट्रोनिक मिटर आयात गर्दै आएको थियो । ती मिटरमा समेत मोडेम जडान गरेर स्मार्ट प्रणाली जडान गर्न सकिन्छ ।-गाेरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?