८ असोज, काठमाडाैँ। नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले आफूलाई आठ हजार १०० जनाले फेक आईडी बनाएर गाली गरेको बताएका छन्। शुक्रबार काठमाडाैँको एक कार्यक्रममा नेता बस्नेतले फेक आईडीबाट गाली आइरहेको बताएका हुन्।
कार्यक्रममा उनले भने, ‘मेरो फेसबुकमा अस्ती सफ्टवेयर राखेर हेर्यौँ, आठ हजार १०० जना छन् मलाई गाली गर्ने फेक आईडीवालाहरू। उनीहरूलाई मैले सम्मानित शब्दहरू बोल्नुपर्ने अरे । फेरि मैले भने यी फेक आईडीहरू त चोर, डाँका, फटाहा, अपराधी, सुंगुर, कुकुर सबै हुन् भने । फेक आईडीसँग मैले सम्मानपूर्वक बोल्नुपर्ने ? फेरि पनि भन्छु, हाम्रा विरुद्ध फेक आईडी चलाएर गाली गर्नेहरू चोर, फटाहा डाँका हुन् ।’
पछिल्लो समय काठमाडाैँ महानगरका मेयर बालेनप्रति विभिन्न अभिव्यक्ति दिएपछि उनीमाथि धेरैले गाली गरिरहेका छन्।