८ असोज, काठमाडाैँ। ईसेवा मनी ट्रान्सफरले नयाँ अभियान ल्याएको छ।
‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनसुकै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ईसेवा वालेटमा पैसा पठाई घर जित्ने अफरमा सहभागीता जनाउन सक्नेछन्।
ईसेवाले परम्परागत शैलीको रेमिट्यान्स कारोबारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ यो अभियान सुरू गरेको हो। असोज ७ बाट सुरु भएर फागुन ६, २०७९ सम्म अभियान जारी रहने कम्पनीले जानकारी दिएको छ।
अहिले ईसेवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको बताइएको छ। ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट देशभरका वित्तिय संस्थामा रेमिट्यान्स रकम भित्र्याइरहेको छ।