८ असोज, चितवन। राइड सेयरिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा सुरू गरेको छ। नेपालमा व्यवसायिक यात्रा सुरू गरेको चाैथो वार्षिक उत्सवको अवसरमा चितवनमा सेवा सुरू गरेको हो।
काठमाडाैँमा मोटरसाइकल र ट्याक्सीमार्फत सेवा लिन सकिने यस प्लेटफर्मको चितवनमा भने मोटरसाइकल र अटो मार्फत सेवा लिन सकिनेछ।
चितवनको भरतपुरस्थित कान्ति चोकमा पठाओको शाखा कार्यालय खुलेको छ। यसमा आवद्ध हुन चाहने राइडरले आफ्नो बाइक तथा अटाेकाे ब्लु बुक र सवारी चालक अनुमतिपत्रसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
नेपालमा पठाओले २०१८ सेप्टेम्बरदेखि मोटरसाइकलमार्फत सेवा सुरू गरेको थियो। त्यसको करिब एक वर्षपछि पठाओ ट्याक्सीमा पनि बिस्तार भएको थियो। यस प्लेटफर्मले २०२० देखि खाना डेलिभरी सेवा पठाओ फुड पनि सुरू गरिसकेको छ।