Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
अपडेट

विदेशमा ओटिटीले घटायो फिल्म हलमा दर्शक, नेपालमा महँगीले

११ आश्विन २०७९, मंगलवार ११:५२

११ असोज, काठमाडौं । कोरोना भाइरस महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा व्यहोर्नुपर्‍यो । बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन् । साउथमा बन्ने तामिल, तेलुगु, कन्नडाले विश्वभर दर्शक बढाइरहँदा बलिउडले भने गुमाउँदै गएको छ । दर्शक ओटिटी (ओभर दी टप) भनिने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारलगायतमा रमाउन थालेका छन् ।

फिल्म हल पुग्ने समय र खर्चले ओटिटीको सेवा झन्डै वार्षिक नै उपभोग गर्न पाइने भएपछि बलिउडले दर्शक गुमाइरहेको अनुमान गर्न सकिन्छ । नेपालमा पनि त्यस्तै देखियो । यहाँ ओटिटीको प्रभाव नभए तापनि फिल्म हेराई महँगिएपछि दर्शक घट्दै गएको पाइयो । सुरुआती व्यापार आक्रामक गर्ने कलाकारको फिल्ममा नै दर्शक देखिएनन् । ‘वर्ड अफ माउथ’ बलियो नभएसम्म दर्शक हलसम्म नपुग्नाले अपेक्षा गरिएका धेरै फिल्म असफल भए ।

प्रदीप खड्काले अभिनय गरेको फिल्म ‘प्रकाश’ ले न्यून सुरुआत गर्‍यो । उनले अभिनय गरेको पछिल्लो फिल्मको तथ्याङ्क हेर्ने हो भने सुरुआती दिनमा नै व्यापार राम्रो हुन्थ्यो । समीक्षा आएपछि दर्शकको सङ्ख्यामा घटबढ त हुन्छ । यसपटक दर्शक सुरुमै आएनन् । यसपटक प्रदीप आफ्नो ‘स्टारडम’को छायाँबाट निस्किएर ‘प्रकाश’ बनेका थिए । जुम्लाको एक गाउँले युवकमा उनलाई देखियो । उनको अघिल्लो फिल्मले एक दिनमै गर्ने व्यापार ‘प्रकाश’ ले एक सातामा पनि गर्न सकेको थिएन । जसका कारण कारण दर्शक नै आएनन् ।

अभिनेता खगेद्र लामिछानेको टल्क जङ्ग भर्सेस टुल्के, पशुपति प्रसाद जस्ता फिल्मबाट दर्शकको मन जितेका छन् । उनीप्रति एउटा वर्ग विश्वस्त छ । उनीले उठान गर्ने विषयवस्तु ‘अर्गानिक’ हुने गरेको दर्शकहरुको टिप्पणी छ । उनी ‘पानीफोटो’ मार्फत लेखक र अभिनेतासँगै निर्देशक बनेर आए । रचनात्मक पक्षमा आफैँले मूल्याङ्कन गरेर तयार गरेको फिल्म हेर्नेको सङ्ख्या न्यून छ ।

गत साउनमा प्रदर्शन भएका फिल्मले गरेको व्यवसाय न्यून छ । प्रदर्शित फिल्मले प्रचारप्रसार गरेबापतको खर्चसमेत उठाउन सकेन् । दर्शक हलमा आएर राम्रो नराम्रो प्रतिक्रिया दिनुभन्दा पनि हलसम्मै नआएका फिल्मले यो क्षति व्यहोर्नुपर्‍यो । अभिनेताका रुपमा आफ्नो पहिचान स्थापित गर्नुभएका सौगात मल्ल ‘द सेक्रेट्स अफ राधा’मार्फत निर्माता बने । फिल्मले उठान गरेको विषयवस्तु मन परेर आफू निर्माता बनेको उनले बताउँछन्।

चरित्र बाच्ने अभिनेताका रुपमा दर्शकले स्वीकार्नु भएको सौगात पनि असफल भए । उनको फिल्म एकसाता नबित्दै हलबाट निकालियो । किनकी दर्शकको उपस्थिति न्यून थियो । सौगातले कलाकारिता गरेर आर्जन गरेको रकम फिल्म निर्माणमा लगाउँदा दर्शक हलसम्मै आएनन् । यी उदाहरण मात्र हुन् । कबड्डी चारबाहेक अन्य फिल्मले लगानी हलबाट उठाउन सकेको छैन ।

‘ए मेरो हजुर ४’ र ‘झिँगेदाउ’ले हलमा गरेको व्यापारसँगै विदेश राइट्स्, डिजिटल राईट्स् लगायतबाट लगानी सुरक्षित गरेको हुनसक्छन । बलिउडको पनि अवस्था यस्तै छ । साउथ इन्डियामा बनेको पुष्पा, आरआरआर, केजीएफ च्याप्टर २ बाहेक बलिउडको दुई÷तीन फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भए । अक्षय कुमार, आमिर खान जस्ता स्टारको फिल्मले गरेको व्यापार निकै न्यून छ ।

लेखकसँगै फिल्मको रेगुलर दर्शक प्रदीप भारद्वाज दर्शक घट्नुको कारण महँगी बताउँछन् । प्राय शुक्रबारदेखि शनिबारसम्ममा प्रदर्शन भएका फिल्म हेरिसक्ने भारद्वाज टिकट दरभन्दा पनि खानेकुरा महङ्गिएको बताउँछन् । ‘‘फिल्म हेर्न जाँदा जति खर्च टिकटमा हुन्छ त्यो भन्दाबढी खानेकुरामा हुनेगरेको छ टिकट, पार्किङ, कफी र पपकर्नको जोड्ने हो भने एक हजार हाराहारीमा पर्न सक्छ । जसले दर्शक फिल्म प्रति विस्वथ नभएसम्म हलसम्म आएका छैनन’’, उनले भने ।

भारतमा भने ओटिटी पनि कारण रहेको बलिउड अभिनेता तथा निर्देशक विशाल देसाइ बताउँछन् । “हलमा जाँदा हुने खर्च बढिरहेको छ नै । हामीले ओटिटी अप्सन पाएका छौँ । हल रिलिज भएको आठ हप्ताभित्रमा ओटिटीमै आउँछ भने किन समय र पैसा खर्चिने ? अहिले दर्शकको सोचाई यस्तै छ”, उनले भने । निर्देशक देसाइले आफ्नै ड्राइभरको उदाहरण दिँदै भने, ‘‘मेरो ड्राइभर पहिले मलाई पार्किङमा पर्खिदा आराम गर्नुहुन्थ्यो । अहिले मोवाईलमा ओटिटी आएको फिल्म हेरेको पाउँछु । उहाँ बिदामा हल जानुहुन्थ्यो फिल्म हेर्न तर अहिले ओटिटी आइहाल्छ नी भनेर त्यो बिदा परिवारसँग घरमै सदुपयोग गर्नु हुन्छ ।”

दर्शकमा फिल्मप्रतिको चेतना बढ्नुका साथै मेकर्सले गम्भीर भएर फिल्म नबनाउँदा दर्शक निराश भएको नेपाल चलचित्र सङ्घको पूर्वध्यक्ष प्रदीपकुमार उदय बताउँछन् । “आर्थिक मन्दीले असर गरिरहेको छ । आइरहेका फिल्ममा नयाँपन पाइएको छैन । लकडाउनपश्चात् नेपालमा पनि ओटिटी प्रयोगकर्ता बढेकाले पनि दर्शक हलमा कम देखिनुभएको हो”, उनले भने । मेकर्सले सिरियस भएर फिल्म मेकिङ नगरे उनी दर्शकलाई आकर्षण गरेसम्म हलमा ल्याउन गाह्रो हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?