१३ असोज, काठमाडाैँ। माछापुच्छ्रे बैंकले पनि दशैँको अफर सार्वजनिक गरेको छ। यस बैंकले भाटभटेनी सुपरमार्केटमा नेपालपे क्यु आरबाट कारोबार गर्दा क्यासब्याकको अफर ल्याएको छ।
यसका लागि बैंकले एनसिएचएलसँग सहकार्य गरेको छ। यो अफर असोज ८ गतेदेखि १४ गतेसम्मका लागि लागू हुनेछ।
बैंकका ग्राहकहरूले नेपालपे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्।
बैंकले चाडबाडको समयमा हुने किनमेलमा ग्राकहरूलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर ल्याएको बताएको छ।