१३ असोज,एजेन्सी। मेटाको स्वामित्व रहेको सामाजिक सञ्जाल इन्स्टाग्रामले चर्चित पोर्न साइट पोर्नहबको अकाउन्ट बन्द गरिदिएको छ। तीन हप्ताको निलम्बनपछि पोर्न साइटको अकाउन्ट स्थायी रूपमा नै बन्द गरिदिएको हो।
पोर्नहबले बारम्बार इन्स्टाग्रामका कम्युनिटि गाइडलाइनहरू उल्लङ्घन गरेका कारण अकान्ट बन्द गरिदिएको टेकक्रन्चसँग बताएको छ।
यसैबीच, पोर्नहबले मेटा र इन्स्टाग्रामलाई खुला पत्रमार्फत इन्स्टाग्रामले प्लेटफर्म नियमहरूको कार्यान्वयन अपारदर्शी, भेदभावपूर्ण र कपटीपूर्ण तरिकाले गरेको आरोप लगाएको छ। पोर्नहबले पत्रमा मेटाका सीईओ मार्क जुकरबर्ग र इन्स्टाग्राम प्रमुख एडम मोसेरी सहित चार मेटा कार्यकारीहरूलाई सम्बोधन गरेको छ। उक्त पत्रमा पोर्नहबका तर्फबाट ६० जनाले हस्ताक्षर गरेका छन्।
पछिल्लो समय इन्स्टाग्राममा पोर्नस्टारहरूको अकाउन्ट पनि प्रतिबन्धमा परिरहेका छन्। नग्नताको विरूद्धमा इन्स्टाग्राम केही समयदेखि कडा रूपमा प्रस्तुत भइरहेको छ।