१४ असोज, काठमाडाैँ। युवा पुस्तामाझ चर्चित मोबाइल गेम फ्रिफायर विशेषतः मनोरञ्जनका लागि खेलिन्छ। यद्यपी, यसकै माध्यमबाट ठूलो रकम कमाइ गर्नेको जमात पनि ठूलै छ। तर, अहिले भने फ्रिफायरका माध्यमबाट विवाह समेत हुन थालेको छ।
भारत र पाकिस्तानमा फ्रिफायरका माध्यमबाट विवाह भएका समाचारहरू धेरै आइरहेका सन्दर्भमा नेपालमा पनि यस्ता समाचारहरू पछिल्लो समय देखिन थालेका छन्।
र, अहिले पनि एउटा यस्तै खबर बाहिर आएको छ।
फ्रिफायर खेल्दै गर्दा चिनजानपछि प्रेमसम्बन्धमा बसेर एक जोडीले भर्खरै विवाह गरेका छन्। उनीहरू विजय आचार्य र सपना सुवेदी हुन्। मोबाइल गेम खेल्दै गर्दा चिनजान भएका उनीहरूले एक वर्षको प्रेम सम्बन्धलाई भर्खरै विवाहमा परिणत गरेका हुन्।