Trending:

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट
अपडेट

विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउन इन्टरनेट प्रदायकसँग गर्यो छलफल

विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउन इन्टरनेट प्रदायकसँग गर्यो छलफल
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१४ असोज, विराटनगर। विराटनगरको सुन्दरताका लागि विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो ।

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौँ, तर एकपटक तपाईहरुलाई आग्रह गरौँ भनेर हामीले बोलाएका हौँ”, प्रमुख कोइरालाले भने, “तपाईहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नुस् नभए हामीले तार काट्छौँ ।”

जतात्यतै बिजुलीको खम्बामा तार झुण्डिएको र यसले सहरको सुन्दरता मात्र होइन कहिलेकाँही आगलागीको समस्या देखिने गरेकाले यसलाई व्यवस्थित गर्न प्रमुख कोइरालाले आग्रह गरे । जथाभावी लत्रिएका तार सहजीकरण गर्न तथा सहयोग गर्न महानगरले सक्दो सहयोग गर्ने र यसका लागि इञ्जिनीयर अनिल सिंहलाई महानगरको तर्फबाट जिम्मेवारी तोकिएको हो ।

पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न प्रमुख कोइरालाले निर्देशन दिँदै भने, “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि सम्झौता हुँदैन, कम्तीमा कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिसक्नुहोस् ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर सङ्कलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताए । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो ।

“ केवल र नेट व्यवसायीले कर तिर्न बाँकी छ भने चाँडै तिर्नुहोला, चाडवाडपछि एकदमै कडा रुपमा उत्रिनेछौँ”, अधिकृत कोइरालाले भने ।

वर्डलिङ्क, म्याक्स, क्लासिटेक, सुविसु, भायानेट, कनेक्टलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तार काम नलाग्ने रहेको बताइएको छ । म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले भने, “पोलमा बिग्रिएका तार निकालिँदैन, त्यहीँ छाडिन्छ, त्यस्ता तार करिब ६० प्रतिशत छन् र काम लाग्ने तार ४० प्रतिशत मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?