१४ असोज, काठमाडाैँ। साझा यातायातका ३७ वटा विद्युतीय गाडी चीनबाट हिँडेका छन्। ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै अब बाँकी रहेका ३७ वटा गाडी चाँडै नेपाल आइपुग्ने जनाएको हो। ती गाडीहरू कोदारी हुँदै न्यान्जिङ्ग भएर काठमाडाैँ आइपुग्नेछन्।
यसअघि कम्पनीका तीन वटा गाडी नेपाल आइसकेका छन्। साझाले चीनको नान्जिङ स्थित कारखानामा अर्डर दिएर विद्युतीय बस नेपाल भित्र्याएको हो।
काठमाडाैँमा यसअघि भित्रिएका तीन वटन गाडीले विभिन्न रूटमा सेवा दिइरहेका छन्। अब ३७ वटा थपिएसँगै साझाको सेवा थप बिस्तार र व्यापक हुने कम्पनीले बताएको छ।
साझाका विद्युतीय बसहरू अपाङ्गमैत्री छन्। ती बस एक पटक फुल चार्ज गरेपछि ४२ जनाभन्दा बढी यात्रु लिएर २ सय किलोमिटर गुड्न सक्ने बताइएको छ।
कोदारी हुँदै न्यान्जिङ्ग–काठमाण्डौं यात्रा शुरु, साझा यातायातका ३७ बिजुली बस @ Sajha Yatayat's 37 CHTC EV departing Nanjing manufacturing plant for Kathmandu via Kodari-Zhangmu landport.#मर्यादितयात्रा #DignifiedPublicTransport pic.twitter.com/hx0G11dVvs
— Sajha Yatayat (@SajhaYatayat) September 30, 2022