© 2021-2024
१५ असोज, काठमाडाैँ। गुगल प्ले स्टोरबाट नेपालकै ठूलो डिजिटल वालेट ई–सेवा एप गायब भएको छ। शुक्रबार साँझदेखि ई–सेवा प्ले स्टोरबाट गायब भएको हो।
एप गायब भएको १२ घण्टाभन्दा बढी भएता पनि गायब हुनुको कारण भने यकिन हुन सकेको छैन। ई–सेवाका प्रतिनिधिहरूले यसबारे गुगलका टोलीसँग छलफल गरिरहेको जानकारी दिएका छन्।
यस अघि मोबाइल वालेट खल्ती र आईएमई पेको एप समेत गुगल प्ले स्टोरबाट गायब भएका थिए। तर, केही समयपछि ती एप फिर्ता भएका थिए।
प्ले स्टरबाट गायब भएता पनि ई–सेवा एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूले भने यसका सेवा पाइरहेका छन्।