२२ असोज, एजेन्सी। उबरका पूर्व प्रमुख सुरक्षा अधिकारीलाई २०१६ मा कम्पनीको डाटाबेसको ह्याक बारेमा अमेरिकी अधिकारीहरूलाई जानकारी दिन असफल भएकोमा दोषी ठहर गरिएको छ।
सान फ्रान्सिस्कोको एक निर्णायक मण्डलले जो सुलिभनलाई दोषी ठहर गरेको छ। उनी २०१७ मा उबरको सुरक्षा प्रमुखको पदबाट हटाइएका थिए। उबर २०१४ मा पनि एक पटक ह्याक भएको थियो।
फेरि ह्याक हुँदा आक्रमणकारीहरूले सुलिवानलाई इमेल गरेर उनीहरूले ठूलो मात्रामा डाटा चोरेको बताएका थिए। ठूलो रकम फिराैतिमार्फत दिए डाटा फिर्ता दिने उनिहरूले बताएको अमेरिकी न्याय विभागले जानकारी दिएको छ।
सुलिभनका लागि काम गर्ने कर्मचारीहरूले लगभग ५७ मिलियन उबर प्रयोगकर्ताहरूको रेकर्ड र ६ लाख ड्राइभिङ लाइसेन्स नम्बरहरू सहित डेटा चोरी भएको पुष्टि गरेका छन्।