२२ असोज, काठमाडाैँ। युट्यबुमा भिडियो हेर्न पनि पैसा तिर्नुपर्ने हुनसक्ने भएको छ। हाइ क्वालिटीको भिडियो हेर्नका लागि प्रिमियममा अपग्रेड गर्नुपर्ने हुनसक्ने भएको हो।
अब भने फोरके क्वालिटीका भिडियोहरू प्रिमियम सब्स्क्राइबरहरूले मात्रै हेर्न पाउने हुने सम्भावना भएको टेकभाइरलमा उल्लेख छ। त्यहाँ राखिएको एक स्क्रिनसटले पनि सोही कुरा पुष्टि गरेको छ।
भर्खरै कम्पनीले युट्युब सर्ट क्रिएटर्सहरूका लागि मोनिटाइजेसनको नयाँ कार्यक्रम घोषणा गरेको छ। तर, अर्कोतर्फ निः शुल्क युट्युब प्रयोग गर्ने सुविधाको एक तह भने कटाैती गर्ने योजनामा छ।
युट्युबमा प्रिमियम सब्स्क्राइबर बन्नका लागि प्रतिमहिना १४.९९ डलर तिर्नुपर्ने हुन्छ।