२३ असोज, एजेन्सी। अमेरिकी र्यापर कान्ये वेस्टमाथि सामाजिक सञ्जाल कम्पनी मेटाले इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएको छ। इन्स्टाग्राममा उनले गरेको पोस्ट समेत हटाएर कम्पनीले प्रतिबन्धित गरेको हो।
तथापि, उनको अकाउन्ट भने अझै भिजिवल नै छ।
वेस्टले इन्स्टाग्रामको नीतिलाई उल्लंघन गरेका कारण प्रतिबन्ध लगाइएको हुनसक्ने बताइएको छ। तर, उनले कुन पोस्टमा नीति उल्लंघन गरेको भने पुष्टि भइसकेको छैन। त्यस्तै, प्रतिबन्धको समय पनि खुलाइएको छैन।
कान्येले हालैमात्र केही सन्देशको स्किृनसट इन्स्टाग्रामबाट हटाइएको छ। कान्येले उक्त सन्देश अर्का र्यापर डिडीलाई पठाएका थिए। उक्त सन्देशमा यहुदीलाई लिएर संवेदनशील टिप्पणी गरिएको थियो।
यसअघि मार्चमा पनि कान्येमाथि इन्स्टाग्रामले २४ घण्टे प्रतिबन्ध लगाएको थियो। कान्येमाथि इन्स्टाग्राममा अभद्र भाषा, उत्पीडन र नस्लीय टिप्पणी गरेको आरोप लाग्ने गरेको छ।