२३ असोज, एजेन्सी। चर्चित सामाजिक सञ्जाल ट्विटरले स्क्रिनसट फिचर बन्द गर्न लागेको चर्चा सुरू भएको छ। प्रयोगकर्ताहरूलाई ट्विटको लिंक नै सेयर गर्नका लागि प्रोत्साहन गर्न स्क्रिनसट फिचर बन्द गर्न लागेको बताइएको छ।
केही प्रयोगकर्ताले आफूले कुनै ट्वीटको स्क्रिनशट लिन लाग्दा ‘कपी लिंक’ र ‘शेयर ट्वीट’ भन्ने दुई अप्सन देखापरेको सामाजिक सञ्जालमा शेयर गरेका छन्। तर, यस चर्चाबारे ट्विटरले कुनै प्रतिक्रिया भने दिएको छैन।
प्रयोगकर्ताले ट्वीटको आधिकारिक एपमार्फत कुनै ब्राउजर अथवा साइट लोड गर्दा ट्वीटरलाई आम्दानी हुन्छ। अहिले स्क्रिनसट लिने चलन बढ्दै गएपछि साइट लोडमा कम भएर आम्दानी घटेपछि कम्पनी यसतर्फ सचेत भएको अनुमान गरिएको छ।
अहिले लगभग सबै वेभसाइट र एपहरूले स्क्रिनसट लिनसक्ने सुविधा दिएका छन्। यद्यपी, क्रोमको मोबाइल एपको इन्कग्निटो ट्याबमा अहिले पनि स्क्रिनसट लिन सकिँदैन।