२३ असोज, एजेन्सी। म्यासेजिङ एप ह्वाट्सएप चलाउन पैसा तिर्नु पर्ने भएको छ। ह्वाट्सएपले नयाँ ल्याउन लागेको भर्सनमा पैसा तिर्नुपर्ने बताइएको हो।
विश्वभर करोडाैँ प्रयोगकर्ताहरू रहेका ह्वाट्सएप अहिले स्ट्यान्डर्ड र विजनेश भर्सनमा चलिरहेको छ। तर, अब भने नयाँ अपडेट सहित ह्वाट्सएपले प्रिमियम भर्सन ल्याउने तयारी गरेको छ।
नयाँ आउन लागेको भर्सनमा अहिले भइरहेका भन्दा थप उत्कृष्ट फिचरहरू थपिने बताइएको छ। WABetainfo का अनुसार विजनेश ग्रुपलाई लक्षित गरी ह्वाट्सएपले ह्वाट्सएप प्रिमियम ल्याउन लागेको हो।
प्रिमियम भर्सनका प्रयोगकर्ताहरूले मल्टी-डिभाइस कोलाबोरेसन फिचर प्रयोग गर्न पाउने भएका छन्। यस अन्तर्गत एउटै अकाउन्ट १० वटा डिभाइसमा कनेक्ट गर्न सकिनेछ।
ह्वाट्सएपले चाँडैएन्ड्रोइड र आईओएस एपहरूमा प्रिमियम भर्सन ल्याउने तयारी गरेको छ। सुरूवाती चरणमा यो फिचर परीक्षणका लागि मात्रै उपलब्ध हुनेछ।
अन्य प्रयोगकर्ताहरूले प्रिमियम संस्करण प्रयोग गर्न केही समय कुर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ।