२५ असोज, एजेन्सी। गुगलले कम्पनीको पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ। टेक्नोलोजी कम्पनीले गुगल पिक्सल वाच सार्वजनिक गरेको हो। यो वाच पातलो गोलाकारको रहेको छ।
गुगल पिक्सेल वाच कम्पनीको डिजिटल डिभाइसको नयाँ संस्करण हो। यसभन्दा अघि गुगलले स्मार्टफोन, ल्यापटप र ट्याबलेट सार्वजनिक गरिसकेको छ।
पुनर्नवीनीकरण (रिसाइकल्ड) स्टेनलेस स्टील केसमा माउन्ट गरिएको यो वाच सिल्भर, चारकोल र कालो रंगमा उपलब्ध हुने बताइएको छ।
यो वाच विभिन्न २० प्रकारका ब्याण्डमा लगाउन सकिने बताइएको छ।
जानकारीमूलक र व्यायामलाई प्रोत्साहित गर्न डिजाइन गरिएको गुगल पिक्सल वाचमा फिटविट ट्र्याकर समेत समावेश गरिएको छ। फिटविटलाई गुगलको मूल कम्पनी अल्फाबेटले २०२१ मा खरिद गरेको थियो।