२९ असोज, एजेन्सी। विश्वका सबैभन्दा धनी तथा विभिन्न टेक कम्पनीका मालिक एलन मस्क अनुसन्धानको दायरामा तानिएका छन्। ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झाैता सम्बन्धि मुद्दाका लागि उनि अमेरिकाको संघीय अनुसन्धानमा तानिएका हुन्।
अर्बपति मस्क र सामाजिक सञ्जाल बिच चलिरहेको कानुनी विवादबारे बिहीबार सार्वजनिक गरिएको पछिल्लो अदालतको विवरणबाट उनी अनुसन्धानमा तानिएको खबर बाहिर आएको हो।
उनि अनुसन्धानको दायरमा तानिएको पुष्टि भएता पनि अनुसन्धान कुन सवालमा केन्द्रित छ भन्ने पुष्टि भइसकेको छैन।
मस्कले अहिले यस विषयमा कुनै टिप्पणी भने गरिसकेका छैनन्।
एलन मस्कले ट्विटर खरिद गर्न अस्वीकार गरेपछि कम्पनीले उनीविरूद्ध मुद्दा दर्ता गरेको छ। यसबारे अहिले अध्ययन तथा विभिन्न अनुसन्धानहरू भइरहेका छन्।