२९ असोज, एजेन्सी। चर्चित भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले नोभेम्बरदेखि विज्ञापन सहितको सब्स्क्रिप्सन प्याकेज सुरू गर्ने भएको छ।
घट्दै गएका सब्स्क्राइबरहरूको संख्या बढाउन सस्तो मुल्यमा नेटफ्लिक्सले विज्ञापन सहितको नयाँ योजना ल्याउन लागेको हो।
यो योजना सुरूवाति चरणमा बेलायत, अमेरिका, क्यानडा, मेक्सिको र अष्ट्रेलिया लगायत १२ देशमा उपलब्ध हुने बिबिसीमा उल्लेख गरिएको छ।
कम्पनिले बेलायतमा यो सेवाको लागि प्रति महिना ४.९९ डलर र अमेरिकामा ६.९९ डलर तिर्नुपर्ने बताएको छ।
प्रतिस्पर्धा र जीवनयापनको लागत बढ्दै जाँदा नेटफ्लिक्सले ग्राहकहरू गुमाइरहेको छ। कम्पनीले यो वर्षको पहिलो छ महिनामा १० लाखभन्दा बढी ग्राहक गुमाइसकेको छ।