Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

लुम्बिनीमा निःशुल्क विद्युतीय बस सेवा, पर्यटन प्रबर्द्धन हुने अपेक्षा

लुम्बिनीमा निःशुल्क विद्युतीय बस सेवा, पर्यटन प्रबर्द्धन हुने अपेक्षा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३० असोज, लुम्बिनी। स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहियानाकाबाट बु्द्धजन्मस्थल लुम्बिनी सम्मका लागि सञ्चालन गरिएको बस सेवाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने व्यवसायीले अपेक्षा गरेका छन् । लुम्बिनी विकास कोषले सञ्चालन गरेको निःशुल्क विद्युतीय बस सेवाबाट लुम्बिनी भ्रमणका लागि स्थलमार्गबाट नेपाल प्रवेश गरेका पर्यटकका लागि सहज भएकाले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल प्रवेशद्वार बेलहियामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका श्रीचन्द गुप्ता लुम्बिनी घुम्न जाने पर्यटकको लागि यो निक्कै राम्रो सुविधा भएको बताए । उनले भने,“अब पर्यटकलाई बस खोज्ने झन्झट पनि नहुने भयो, हामीले पनि निःशुल्क बसमा चढाएर पर्यटकलाई लुम्बिनी घुम्न पठाउँदा राम्रो सन्देश जाने भयो ।”

विकास कोषले वृहत्तर लुम्बिनी क्षेत्रको भ्रमण गर्न चाहनेका लागि ‘धम्म यात्रा’ नाम दिएर बुद्धजन्मस्थल लुम्बिनीदेखि भैरहवा विमानस्थल हुँदै बेलहिया आवतजावत गर्ने व्यवस्था गरेको छ ।

स्तरीय बसमा चढेर वृहत्तर लुम्बिनी घुम्नेगरी सञ्चालन गरिएका बस दीर्घकालसम्म चलेमा त्यसले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा दिने सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउँछन् ।

होलिडे ट्राभल्सका सञ्चालक पर्यटन व्यवसायी विष्णु शर्माले नेपाल प्रवेश गरेका पर्यटकलाई बेलहियाबाटस्तरीय बस सेवामार्फत बुद्धजन्मस्थल लुम्बिनी पुर्याउन पाउदा पर्यटन प्रवद्र्धनको क्षेत्रमा सुखद अनुभूति मिलेको बताए ।

लुम्बिनीमा विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयाले विद्युतीय बस सेवाले लुम्बिनी क्षेत्रको भ्रमण गर्न चाहनेलाई सहयोग पु¥याइरहेको बताए । उनले लामो प्रतिक्षापछि पाँचवटा बस सञ्चालन गरेको जानकारी दिए । उक्त सेवा लुम्बिनीदेखि बेलहिया, रामग्राम, तिलौराकोट, देवदह, भैरहवा एअरपोर्ट र लुम्बिनीको वरिपरीको क्षेत्रमा यात्रा गर्न चाहनेलाई निःशुल्क सेवा सञ्चालन गरिएको छ । लुम्बिनी घुम्न आउनेलाई विदेशी पर्यटन बजारमा सञ्चालन रहेका विश्वस्तरीय सेवा भएको एसी बस सञ्चालनमा ल्याएर लुम्बिनीले नयाँ सन्देश दिएको सिद्धार्थ उद्योग वाणिज्य सञ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

बस सञ्चालनको लागि हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोषले चालक र सहचालक उपलब्ध गराई सहकार्य गरेर वृहत्तर लुम्बिनी क्षेत्रमा बस सञ्चालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले बताए । पाँचवटा बसमध्ये लुम्बिनी बेलहिया रुट, लुम्बिनी तिलौराकोट रुट, लुम्बिनी बुटवल रुट, लुम्बिनी रामग्राम रुट, लुम्बिनी देवदह रुट र लुम्बिनी वरिपरी बस सेवा नियमित सञ्चालन गर्नेगरी सञ्चालनमा ल्याइएको कोषका कोषाध्यक्ष ढुन्डिराज भट्टाराईले बताए । दसैँ तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुटमा परीक्षणकालका लागि सुचारु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?