३० असोज, एजेन्सी। नर्वेमा एक जना रूसी नागरिक पक्राउ परेका छन्। ड्रोन उडाएको आरोपमा रूसी नागरिक आर्कटिक शहरको ट्रम्सोबाट पक्राउ परेका हुन्।
नर्वेमा यो आरोपमा उनीसहित यसै हप्ता २ जना पक्राउ परिसकेका छन्।
ड्रोन उडाएको स्वीकार गर्ने ५१ वर्षीय वृद्धलाई शुक्रबार पक्राउ गर्ने क्रममा ड्रोन र धेरै मेमोरी कार्डसहित ठूलो मात्रामा फोटोग्राफिक गियर बरामद गरेको प्रहरीले जनाएको छ।
नर्वेमा लगाइएको प्रतिबन्धहरूले रूसी कम्पनीहरू वा नागरिकहरूलाई नर्वेमा विमान वा ड्रोन सञ्चालन गर्न निषेध गर्दछ।
प्रहरीले ती व्यक्तिसँग बरामद गरिएका सामग्रीहरू अध्ययन गर्दा किर्केनेसको एयरपोर्टका तस्बिरहरू र रक्षा बलको बेल हेलिकप्टरका चित्रहरू कैद गरेको देखिएको बताएको ।
नर्वेजियन पुलिस सेक्युरिटी सर्भिस (पीएसटी)ले पनि यस विषयमा अनुसन्धान थालेको बताइएको छ। प्रहरीले ती व्यक्तिलाई चार हप्ता हिरासतमा राख्न अदालतको आदेश खोजिरहेको छ।
आरोपित व्यक्तिले उनी बिहीबार स्टोर्सकोगको उत्तरी सीमा बिन्दु हुँदै नर्वे प्रवेश गरेको बताएका छन्। उनी स्वाल्बार्डको आर्कटिक द्वीपसमूहमा जाँदै गरे प्रहरीलाई बताएका छन्।
नर्वेमा ड्रोन उडानको लागि एक रूसी नागरिकको यो एक हप्तामा दोस्रो गिरफ्तारी हो। यसभन्दा अघि पक्राउ गरिएका व्यक्तिलाई स्टोर्सकोग सीमा क्रसिङमा गिरफ्तारी पछि प्रारम्भिक दुई हप्ताको अवधिको लागि हिरासतमा राखिएको छ।
नर्वेले हालैका हप्ताहरूमा आफ्नो तेल र ग्यास पूर्वाधारको नजिक धेरै ड्रोन उडेको देखेपछि सतर्कता बढाइरहेको छ।
रूसबाट हुने ग्यास प्रवाहमा तीव्र रूपमा कमी आएपछि नर्वे अहिले युरोपको सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता हो।