३० असोज, एजेन्सी। चीनले नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ। सिचुआव प्रान्तको सिचाङ स्याटेलाइट लन्च सेन्टरबाट चीनले शनिबार उक्त स्याटेलाइट प्रक्षेपण गरेको हो।
योगान-३६ नाम दिइएको स्याटेलाइट शनिबार बिहान ३ः १२ बजे लोङ मार्च-२डी क्यारियर रकेटमार्फत प्रक्षेपण गरेको हो। सिजिटिएनमा उल्लेख भए अनुसार उक्त स्याटेलाइट अर्बिटमा सफलतापूर्वक प्रवेश गरिसकेको छ।
यो प्रक्षेषण लोङ मार्च सिरिज क्यारियर रकेट अभियानको ४४४ औं उडान हो।