३१ असोज, काठमाडाैँ। एभरेष्ट बैंकले वार्षिक उत्सवको अवसरमा अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत अनलाइन खाता खोल्नेको खातामा निश्चित रकम जम्मा हुने बैंकले जनाएको छ।
कार्तिक १ गतेको दिन एभरेष्ट बैंकमा खाता खोल्ने ग्राहकहरूको खातामा २८० रूपैयाँ जम्मा हुने जानकारी दिइएको छ। त्यस्तै, यसै दिन खाता खोल्ने ग्राहकहरूले एक वर्षसम्म निः शुल्क मोबाईल बैंकिङ्गको सुविधा पाउनेछन्।
अनलाइन खाता खोल्नका लागि यहाँ क्लिक गर्न सकिनेछ।
बैंकले २८ औं वार्षिकोत्सवको अवसरमा यो अफर सार्वजनिक गरेको हो।