३१ असोज, विराटनगर। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताएका छन् ।
प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग गर्न राजमार्ग र मुख्य सडक क्षेत्रमा सिसीटिभी जडानकार्य भइरहेको बताए ।
मन्त्री कार्कीले प्रदेश सरकारले सुरक्षित प्रहरीबाट सुरक्षित समाज र नागरिकसमेत सुरक्षित हुने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयहरुको मर्मतगर्न सहयोग उपलब्ध गराएको बताउका छन् ।
कार्यक्रममा प्रहरी दिवसको उपलक्ष्यमा अमर प्रहरी स्मारकमा माल्यार्पण, उत्कृष्ण प्रहरीलाई सम्मान गरिएको थियो ।