१ कार्तिक, काठमाडाैँ। डिजिटल वालेट खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्नेहरूका लागि क्यासब्याक अफर ल्याएको छ। यस अफर अन्तर्गत मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूले १ हजारसम्म क्यासब्याक पाउनेछन्।
त्यस्तै, अक्टोबरदेखि डिसेम्बरसम्म प्रत्येक महिना एक भाग्यशाली प्रयोगकर्ताले स्मार्ट ब्याण्ड समेत प्राप्त गर्ने जानकरी दिइएको छ। यो अफर डिसेम्बर ३१ तारिखसक्म जारी रहनेछ।
अफरमा योग्य हुनका लागि प्रयोगकर्ताहरूले तोकिएको मितिभन्दा सात दिन अघि प्रिमियम भुक्तानी गर्नुपर्नेछ। खल्तीमार्फत आउने क्यास ब्याक भने प्रयोगकर्ताले महिनाको अन्तिममा प्रयोग गर्न सक्ने जनाइएको छ।