२ कार्तिक, एजेन्सी। फेसबुकले प्रयोगकर्ताको न्यूज फिडमा समाचार तथा लेख स्वतः लोड हुने सुविधा सात वर्षपछि हटाउने घोषणा गरेको छ।
सन् २०१५ मा फेसबुकले सुरू गरेको इन्स्ट्यान्ट आर्टिकल बन्द हुने भएको हो। इन्स्ट्यान्ट आर्टिकलको मद्दतमा आइफोन तथा एन्ड्रोइड डिभाइसमा फेसबुक एप प्रयोगकर्ताहरूले वेभ ब्राउजरभन्दा ४.९ गुणा छिटो समाचार तथा लेख लोड गर्न सक्थे।
एक्सियोसका अनुसार अब अर्को वर्षदेखि फेसबुकको यो फिचर बन्द हुने भएको छ।
मेटाका एक प्रवक्ताले यो फिचरको पर्याप्त प्रयोग नभइरहेको देखिएपछि बन्द गर्ने अवस्थामा पुगेको एक्सियोससँग बताएका छन्। उनले विश्वभरका करीब ३ प्रतिशत फेसबुक प्रयोगकर्ताहरूले मात्रै फिडमा समाचार लिङ्क भएका पोस्टहरू हेर्ने गरेको समेत दाबी गरेका छन्।
फेसबुकले २०१३ को मध्य अप्रिलदेखि यो फिचर हटाउने योजना बनाइरहेको छ।