२ कार्तिक, एजेन्सी। जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त भएका छन्। आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि अर्ने स्कोनबोम बर्खास्त भएका हुन्।
उनी सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) प्रमुखको भूमिकामा थिए।
जर्मनीका सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् ।
जर्मनीको गृह तथा आन्तरिक मामिला मन्त्रालयले उनीमाथि लागेको आरोपको गम्भीर छानबिन गरिरहेको छ। छानबिनको चरणमा नै रहेता पनि उनि तत्काल बर्खास्तीमा परेको मन्त्रायलयले पुष्टि गरेको छ।
उनले जर्मनीको साइबर प्रमुख हुनुभन्दा अघि साइबर सुरक्षा मामिलाहरूमा व्यापार र नीति निर्माताहरूलाई सल्लाह दिने एक निजी संस्था स्थापना गरेर काम गरेका थिए।