Trending:

एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !
अपडेट

ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२ कार्तिक, काठमाडाैँ। ह्वावे नेपालले यस वर्षको ‘सिड्स फर द फ्युचर’ सूचना प्रविधि सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीका लागि गरेको ‘ग्लोबल फ्ल्यागसिप सिएसआर’ कार्यक्रम समापन गरिएको छ ।

मंगलबार ह्वावे नेपालले यस वर्षको ‘सिड्स फर द फ्युचर’ विषयका स्नातक तहका विद्यार्थीका लागि गरेको ‘ग्लोबल फ्ल्यागसिप सिएसआर’ कार्यक्रम एक समारोहकाबीच समापन गरिएको हाे ।

कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता कार्यक्रममा एक सय ३० भन्दाबढी देश र क्षेत्रका १२ हजार बढी विद्यार्थीले कार्यक्रममा भाग लिएका छन् । यस वर्ष नेपालभरबाट दुई सय ५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्रा डा शशिधर राम जोशी, प्रा तिमिला यमी थापा, प्रा डा. सुवर्ण शाक्य र प्रा डा. मनिष पोखरेल सम्मिलित समितिले विभिन्न आधारमा सात जना विद्यार्थीलाई छनोट गरिए थियो ।

त्यसमा निर्माण खड्का (काठमाण्डु विश्वविद्यालय), वंशज पौडेल (मदन भण्डारी मेमोरियल कलेज), जतिन भुसाल (ख्वपा इञ्जिनियरिङ कलेज), रिया वैद्य (पुल्चोक क्याम्पस), नदीका पौडेल (पुल्चोक क्याम्पस), प्रज्ञा मल्लिक (काठमाण्डु विश्वविद्यालय), अजु तामाङ (अमृत साइन्स क्याम्पस) छनोट भएका थिए ।

छनोट भएदेखि विद्यार्थीले विभिन्न संलग्नतामार्फत नेपालको सूचना प्रविधि उद्योगमा इन्साइट प्राप्त गरेका थिए । विद्यार्थीले गत अगस्ट १९ देखि अगस्ट २७ सम्म बैङ्ककमा आयोजित पहिलो क्षेत्रीय एन्साइट कार्यक्रममा भाग लिनुका साथै नयाँ प्रविधिका बारेमा सिकेका थिए ।

समापन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले संस्थाले युवामा लगानी गरेर भविष्यमा लगानी गरिरहेको बताउँदै विद्यार्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वास व्यक्त गरे। छनोट समितिका सदस्य प्रा डा. शशिधर राम जोशीले सूचना प्रविधिसम्बन्धी ज्ञानले विद्यार्थीलाई आफ्ना विचार प्रस्ट्याउन मद्दत पुग्ने र उनीहरू भविष्यका उद्यमी बन्नसक्ने आशा व्यक्त गरे ।

प्रा तिमिला यामी थापाले सिड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सीपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताइन् । नेपाल सरकारको ई–गभन्र्मेन्ट आयोगका प्रमुख कार्यकारी अधिकृत ई. दिपेश विष्टले सानै उमेरमा ह्वावेको सिड्स फर द फ्युचर जस्तो प्लेटफर्म पाउने विद्यार्थी भाग्यमानी भएको बताउँदै नेपाललाई सूचना प्रविधिका क्षेत्रमा अझ राम्रो बनाउन प्रयास गरेकामा ह्वावेलाई धन्यवाद दिए ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले ह्वावेले प्रतिभाशाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइका लागि प्लेटफर्म उपलब्ध गराउन सक्षम भइरहन चाहेको धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?