२ कार्तिक, काठमाडाैँ। कार्तिक २५ गते एनसेल आजियाटा लिमिटेडले तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०७८-७९ को लाभांश प्रस्ताव पेश गर्ने बताइएको छ। यद्यपी कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन।
सभामा आर्थिक वर्ष २०७८-७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुने समेत जानकारी दिइएको छ।
एनसेलले सोही सभामा आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा छलफल गर्ने लगायतका एजेन्डा तयार पारेको छ।