Trending:

सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न सञ्चारमन्त्रीको आग्रह डिशहोमको इन्टरनेट जोड्दा तीन महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर ‘टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ’ बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो? काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड फिनल्यान्डमा गुगलको डाटा सेन्टर विस्तार रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’ नेपालका चार आसीईटी कम्पनी एपिक्टा अवार्ड्स-२०२४ मा प्रतिस्पर्धा गर्दै वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि
अपडेट

ट्राफिक प्रहरीलाई स्मार्ट लाइसेन्स परीक्षण गर्ने १९८ वटा उपकरण हस्तान्तरण

ट्राफिक प्रहरीलाई स्मार्ट लाइसेन्स परीक्षण गर्ने १९८ वटा उपकरण हस्तान्तरण
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

३ कार्तिक, काठमाडाैँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले बुधबार एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

विभागका तर्फबाट महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई एक सय ९८ थान स्मार्ट कार्ड रिडर उपकरण हस्तान्तरण गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयका अनुसार ‘स्मार्ट लाइसेन्स’ परीक्षण गर्ने उपकरणले सवारी चलाउने चालकले बोकेको अनुमतिपत्र चालक स्वयंकै हो वा होइन भन्ने तत्कालै परीक्षण गर्न सकिन्छ । साथै, उक्त उपकरणमा औँठा छापको परीक्षणसमेतको व्यवस्था रहेको छ ।

हालसम्म विभागले २९ लाख ५० हजार स्मार्टकार्ड (लाइसेन्स) वितरण गरिसकेको छ । यी सबै लाइसेन्स परीक्षण गर्न मिल्ने उक्त उपकरण सातै प्रदेशमा उपलब्ध गराउने गरी नेपाल प्रहरीलाई वितरण गरिएको पाण्डेले बताए ।

ट्राफिक प्रहरीको नियमित जाँचका क्रममा नक्कली लाइसेन्स बोक्ने तथा साथीभाइको लाइसेन्सलाई देखाएर हिँड्ने गरेको तथ्याङ्क बढेको छ । यस उपकरणले तत्कालै सो लाइसेन्स कसको हो भन्ने सहजै थाहा पाउन सकिन्छ । यसले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेछ ।

यसअघि पनि यातायात व्यवस्था कार्यालयले ४० वटा स्मार्ट कार्ड रिडर उपकरण ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो । यसपटक हस्तान्तरण गरेको उपकरणमा औँठाछापको परीक्षणसमेत गर्न सकिने व्यवस्था रहेको छ । यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको निर्देशक श्रीचन्द्र साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?