Trending:

स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम
World News

ऊर्जा केन्द्रमा रूसी आक्रमणपछि विद्युत सङ्कट टार्न युक्रेनले विद्युत् बचतका उपायहरू लागू गर्दै

ऊर्जा केन्द्रमा रूसी आक्रमणपछि विद्युत सङ्कट टार्न युक्रेनले विद्युत् बचतका उपायहरू लागू गर्दै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

४ कार्तिक, एजेन्सी। रूसी आक्रमणले देशको ऊर्जा पूर्वाधारमा गम्भीर क्षति पु¥याएपछि युक्रेनले बिहीबार विद्युत् बचतका उपायहरू लागू गर्दै सम्भावित विद्युत कटौतीको तयारी गरेको छ ।

रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट एक हप्तामा युक्रेनको कम्तीमा ३० प्रतिशत विद्युत् गृह ध्वस्त भएपछि अधिकारीहरूले युक्रेनी नागरिकलाई आफ्नो विद्युत् खपतमा भारी नियनत्रण गर्न आग्रह गरेका छन् ।

कीभका मेयर भिटाली क्लिट्स्कोले उद्यमी, विज्ञापनदाता, पसल, क्याफे र रेस्टुरेन्टलाई सकेसम्म स्क्रिन र विद्युतको अतिआवश्यक बाहेकका अनावश्यक सेवालाई नियन्त्रण गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सानो तिनो बचत र हरेक घरमा विद्युत् खपतमा कमी आउँदा पनि राष्ट्रिय ऊर्जा प्रणालीको सञ्चालनलाई स्थिर बनाउन मद्दत पुग्नेछ ।”

पश्चिमी इभानो–फ्रान्किभ्स्को क्षेत्रले बढी ऊर्जा खपत हुने २० औद्योगिक उत्पादकहरूलाई ऊर्जा प्रयोग कम गर्न तालिकाहरू प्रस्तुत गरेको छ ।

एक स्थानीय ऊर्जा आपूर्ति कम्पनीले पानी उमाल्ने मेसिन, विद्युतीय चुल्हो र वासिङ मेशिनजस्ता उपकरणहरूको प्रयोगलाई ‘कम’ गर्न पनि स्थानीय बासिन्दाहरूलाई आग्रह गरेको छ ।

पश्चिममा एल्भिभ र चेर्निभत्सी क्षेत्रका निजी विद्युत प्रदायकहरूले औद्योगिक उद्यमहरूको लागि बिजुली खपत सीमित गर्न एक तालिका सार्बजनिक गरेका छन् ।

यद्यपि, यो कदम ‘महत्वपूर्ण पूर्वाधार उद्यमहरू’ मा लागू हुँदैन र सर्वसाधारणका लागि विद्युत खपतको कुनै पनि बाध्यकारी निर्देशन दिइएको छैन ।

“विद्युतीय यातायात, जाडोमा न्यानो राख्न उपकरणहरू, पानीका लागि प्रयोग हुने मेसिन तथा पम्प, अस्पताल र बेकरी सेवाहरू बिना कुनै प्रतिबन्ध सञ्चालन रहनेछन्,” विज्ञप्तिमा भनिएको छ ।

रूसी आक्रमणमा महिनौंसम्म लक्षित गरिएको युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मेट्रो अपरेटरले बिजुली बचत गर्न रेलहरू बीचको अन्तराल बढाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?