४ कार्तिक, एजेन्सी। चर्चित भिडियो प्लेटफर्म युट्युबले प्रिमियम सब्स्क्रिप्सन सम्बन्धि परीक्षण बन्द गरेको छ। कम्पनिले यो महिनाको सुरूवातमा प्रिमियम सब्स्क्रिप्सन सम्बन्धि परीक्षण सुरू गरेको थियो।
युट्युबले फोरके क्वालिटीका भिडियो हेर्नका लागि निश्चित रकम तिरेर प्रिमियम अकाउन्टमा अपग्रेड गराउने लक्ष्य सहित परीक्षण सुरू गरेको थियो।
तर, प्रयोगकर्ताहरूको व्यापक असन्तुष्टिपछि युट्युब यो कदमबाट पछि हटेको अनुमान गरिएको छ।
युट्युबकले ट्विटमार्फत प्रिमियम सब्स्क्रिप्सन परीक्षण बन्द भएको जानकारी दिँदै लेखेको छ, ‘प्रयोगकर्ताहरूले प्रिमियम सब्स्क्रिप्सन बिना नै फोरके क्वालिटीका भिडियो हेर्न सक्नेछन्।’
गुगलले अमेरिकामा युट्युब म्युजिकका लागि ९.९९ डलर र युट्युब प्रिमियमका लागि ११.९९ डलर शुल्क तोकेको छ। विश्वभर युट्युबका ५ करोड प्रिमियम सब्स्क्राइबर भएको कम्पनीको दाबी छ।