४ कार्तिक, एजेन्सी। भिडियो स्ट्रिमिङ कम्पनि नेटफ्लिक्सको शेयर एकै दिन १३ प्रतिशतले बढेको छ। सब्स्क्राइबरहरूको संख्या ह्वात्तै बढेपछि कम्पनिको शेयरको मुल्य उकालो लागेको हो।
आन्तरिक पूर्वानुमान र वाल स्ट्रीटका अपेक्षा पार गर्दै नेटफ्लिक्सले तेस्रो चौमासिकमा करिब २५ लाख सब्स्क्राइबर बढाएको छ। अहिले नेटफ्लिक्सका ग्राहक विश्वका सबै क्षेत्रमा बढिरहेका छन्। यसै अवधिमा थप ४५ लाख मानिसहरू नेटफ्लिक्समा जोडिने कम्पनिको अनुमान छ।
अमेरिका र क्यानडामा करीब १ वर्षमा नेटफ्लिक्सका सब्स्क्राइबर बढेका छन्। तेश्रो चाैमासिकमा अमेरिका र क्यानडाका मात्रै १ लाख ४ हजारभन्दा बढी मानिसहरू नेटफ्लिक्समा जोडिएका छन्।
पछिल्ला केही महिनामा नेटफ्लिक्सका सब्स्क्राइबरहरू व्यापक रूपमा घटेका थिए। एक महिनाअघिसम्म नेटफ्लिक्सले १२ लाख भन्दा बढी सब्स्क्राइबर गुमाएको थियो।
तर, कम्पनिले विज्ञापन सहितको सस्तो सदस्यता शुल्कको मोडल नोभेम्बरमा ल्याउने योजनाले नेटफ्लिक्सका सब्स्क्राइबर बढेको अनुमान गरिएको छ।
नेटफ्लिक्सले गत हप्ता गरेको खुलासा अनुसार विज्ञापन योजना सहितको प्याकेजको शुल्क प्रतिमहिना ६.९९ डलर लाग्नेछ। यस प्याकेज अन्तर्गत एक घण्टाको टिभी कार्यक्रमहरू र फिल्महरू हेर्दा चारदेखि पाँच मिनेट विज्ञापन बज्ने बताइएको छ।