५ कार्तिक, काठमाडाैँ। नेपाल प्रहरीले गाउँ जाने भन्दै सामाजिक सञ्जालमा जानकारी नदिन अनुरोध गरेको छ। चाडपर्वको समयमा सुरक्षालाई मध्यनजर राख्दै नेपाल प्रहरीले यस्तो अनुरोध गरेको हो।
चाडबाडका समयमा मानिसहरू गाउँ फर्किने हुँदा सहरमा चोरीको जोखिम बढ्छ। चोरीका घटनाहरू समेत हरेक चाडबाडमा बाहिरिएका छन्।
यस्तै घटना रोकथाम तथा कम गराउनका लागि प्रहरीले यस्तो अनुरोध गरेको हो।