Trending:

इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन
World News

युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै

युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

६ कार्तिक, एजेन्सी। रूसी आक्रमणका कारण उत्पादनमा असर परेपछि युक्रेनका केही भागमा विद्युत्को प्रयोग २० प्रतिशतसम्म घटिरहेको राष्ट्रिय ऊर्जा सञ्चालक युक्रेनेर्गोले शनिबार एएफपीलाई बताएको छ ।

“हामी नागरिक र व्यवसायहरू दुबैप्रति आभारी छौं । नागरिकले घरमा आफ्नो विद्युत खपत कम गरेका छन् र उद्योग, फर्म तथा कार्यालयहरूले आफ्नो कार्यालय र कार्यस्थलमा यस्तै गरिरहेका छन् । हामीले विभिन्न क्षेत्रमा बचत देख्छौं र विभिन्न दिनमा स्वेच्छिक उपभोगमा कमीको स्तर औसतमा पाँच देखि २० प्रतिशतसम्म हुन्छ,” युक्रेनका प्रमुख भोलोडिमिर कुद्रित्स्कीले एएफपीसँगको लिखित प्रतिक्रियामा उल्लेख गरे ।

युक्रेनको ऊर्जा प्रणालीका लागि यी ‘महत्वपूर्ण मात्रा’ भए तापनि ती क्षेत्रहरूका लागि पर्याप्त थिएनन् जहाँ पूर्वाधारले ‘सबैभन्दा बढी क्षति बेहोरेको’ थियो । त्यसैले युक्रेनी ती क्षेत्रले ‘जबरजस्ती प्रतिबन्धहरू’को सहारा लिनुपरेको छ ।

रुसी सेनाले हालैका दिनहरूमा विशेष गरी युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू गरेको छ, जसमा शनिबार बिहान देशभरि पछिल्लो आक्रमणहरू भएका छन् ।

कुद्रित्स्कीले अक्टोबर १० र १२ मा भएको आक्रमण ‘युरोपेली इतिहासको ऊर्जा प्रणालीमाथिको सबैभन्दा ठूलो आक्रमण’ भएको बताए ।

क्रिमियन प्रायद्वीपलाई रुससँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पुर्याएको विस्फोटको प्रतिशोधस्वरूप रूसी सेनाले अक्टोबर १० मा युक्रेनका विभिन्न शहरमा ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको कीभले जनाएको छ

कुद्रित्स्कीले भने, “शत्रुको एउटै लक्ष्य जनतामा त्रास छर्ने, ऊर्जा कर्मीहरूलाई तर्साउने, ऊर्जा प्रणालीलाई सङ्कटको स्थितिमा ल्याउने रहेको छ ।

उनले आक्रमणपछि युक्रेनले करिब एक हजार विशेषज्ञहरूको साथ ७० मरम्मत समूहहरू स्थापना गरेको बताए ।

उनले भने, “गोलाबारीपछि भएको क्षतिको मात्राका आधारमा कतिथपय स्थानमा केही घण्टादेखि एक दिनको अवधिमा विद्युत् आपूर्ति सुचारु गर्न सम्भव छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?