Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको किन बढ्यो चासो ?

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको किन बढ्यो चासो ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

६ कार्तिक, काठमाडाैँ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको थियो ।

नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो । एशिया प्रशान्त क्षेत्रको भन्दा अगाडि छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । मुलुकको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायले हवाई सुरक्षाबारे अध्ययन तथा अडिट गरेका छन् । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षा राम्रो रहेको सन्देश दिएको प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए ।

“आइकाओको अडिट प्रतिवेदनपछि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढेको छ”, उनले भने, “यसले असाध्यै राम्रो सन्देश दिएको छ, नेपालको हवाई सुरक्षा प्रणाली राम्रो रहेको छ, नेपालले हासिल गरेको विश्वव्यापी हवाई परिपालनादरबाट नेपाल सबल देशभित्र परेको छ जुन देशको लागि गौरबको विषय पनि हो ।” हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् । त्यसमा करिब ८० जहाज र हेलिकोप्टर ४० छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।

नेपालको हवाई क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढ्नु सकारात्मक रहेको र यसले नेपालको नागरिक उड्डयन क्षेत्र विश्वव्यापी मापदण्डको छ भन्ने सन्देश गएको उनले उल्लेख गरेका छन् । नेपालको हवाई क्षेत्रप्रति प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशत कायम गर्ने लक्ष्यसहित मुलुकको हवाई क्षेत्रको सुधारात्मक कामलाई प्राथमिकता दिएको छ ।

आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औँल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरु गरिसकेको उपमहानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार अडिटपछि प्राधिकरणले प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलग्गै बजेट र जनशक्तिको व्यवस्था गरेको छ । उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ ।

त्यसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरुवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायबाट हवाई सुरक्षाबारे धमाधम अध्ययन तथा अडिट भइरहेको छ । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय सरोकारवालाको विश्वास अभिवृद्धि भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनले भने, “मुलुकको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव रहनु नेपालको हवाई सुरक्षा प्रणाली राम्रो छ, भन्ने सन्देश गएको छ ।”

बहुर्राष्ट्रिय निकायबाट अध्ययन

आइकाओको अडिट रिपोर्टपछि एकपछि अर्को अन्तर्राष्ट्रिय निकायले नेपालको हवाई क्षेत्रबारे अध्ययन र छलफल गरेका छन् । आइकाओको अडिट लगत्तै यरोपेली सङ्घ (इयू) को प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे अडिट गरेको थियो । गत अप्रिल १२ देखि २५ तारिखसम्म इयूको टोलीले नेपालको हवाई सुरक्षा परिपालनाका विषयमा अध्ययन गरेको हो ।

इयूको टोलीले अक्टोबर ६ देखि ८ तारिखसम्म अध्ययन गरेको थियो । नेपालले गरेको प्रगतिप्रति इयूको टोली उत्साहित बनेको थियो । त्यस लगत्तै विश्व बैंकको विज्ञ टोलीले अक्टोबर ११ देखि १९ सम्म प्राधिकारका उच्च अधिकारी र हवाई उद्योगसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो ।

उक्त टोलीले समेत नेपालमा सुरक्षा अभिवृद्धिमा दक्षजनशक्ति रहेको भन्दै सन्तुष्टि व्यक्त गरेको प्राधिकरणले जनाएको छ । पछिल्लो पटक अक्टोबर २० देखि २२ सम्म संयुक्त राज्य अमेरिकाको नागरिक उड्डयनको नियामक निकाय ‘फेडेरल एभिएसन एड्मिनिष्ट्रेसन’ को एक मिसनले नेपालको हवाई क्षेत्रका सरोकारवालासँग छलफल गरेको थियो ।

अमेरिकी नियामक निकायको अध्ययन

अमेरिकी नियामक निकायको टोलीले नेपालको हवाई सुरक्षाको अवस्थाबारे हालै सरोकारवालासँग छलफल गरेको छ । एफएएका दक्षिण एशिया हेर्ने प्रमुख प्रतिनिधि डेनियल जकोबले नेपालको हवाई सुरक्षा प्रणालीबारे विज्ञ सरोकारवालासँग छलफल गरेको प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।

नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्नु सकारात्मक विषय भएको उनले उल्लेख गरे ।

कहिले हुदैँछ अमेरिकासँग हवाई सम्झौता

अमेरिकासँग सिधा हवाई उडानका लागि द्विपक्षीय हवाई सम्झौता गर्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले सरोकारवालासँग छलफल गरिरहेको छ । “एकीन मिति तय भएको छैन, आगामी नोभेम्बर या डिसेम्भरमा हवाई सम्झौता हुन्छ अमेरिकाले पठाएको हवाई सम्झौताको मस्यौदामाथि अहिले छलफल भइरहेको छ”, प्राधिकरणका प्रवक्ता निरौलाले भन्नुभयो । नेपालसँग हवाई सम्झौता गर्न अमेरिका आफैले चासो देखाएर सम्झौताको मस्यौदा पठाएको प्राधिकरणले जनाएको छ । नेपालले हाल ४० देश र युरोपेलीय सङ्घ (इयू) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ ।

इयू सकारात्मक

नेपालको हवाई उड्डयन इयूको प्राविधिक टोली सकारात्मक देखिएको छ । इयू अन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सीको अडिट टोलिले नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको प्राधिकरणले जनाएको छ । यद्यपि अक्टोबर २८ मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ ।

इयूले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले उक्त सुरक्षा सूचीबाट हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?