६ कार्तिक, काठमाडाैँ। नेपालका करिब १ हजार ड्रोन दर्ता भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार नेपालमा ९ सय वटा ड्रोन दर्ता भएका छन्।
प्राधिकरणले दिएको जानकारी अनुसार हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् । त्यसमा करिब ८० जहाज र हेलिकोप्टर ४० छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।
सरकारले नेपालमा ड्रोन उडाउन अनिवार्य अनुमति लिनुपर्ने निर्णय गरिसकेको छ। सरकारले केही हप्ताअघि अनुमतिबिना ड्रोन उडाउनेलाई कारबाही गर्ने सरकारले चेतावनि दिएको थियो।