६ कार्तिक, काठमाडाैँ। सिद्धार्थ बैंकले तिहार लक्षित नयाँ अफर ल्याएको छ। यो अफर बैंकको डेबिट कार्ड प्रयोग गरी कारोबार गर्नेहरूका लागि भएको बैंकले जनाएको छ।
अफर अन्तर्गत डेबिट कार्ड प्रयोग गरी पहिलो पटक ५०० रुपैयाँ वा सोभन्दा बढी रकमको पीओएस वा अनलाइन कारोबार गर्दा चार सय रुपैयाँ क्याशब्याक पाउने छन्।
बैंकका अनुसार डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो अफर ल्याइएको छ। नेपालमा पछिल्लो समय डिजिटल बैंकिङ्ग बढ्दै जाँदा यसलाई प्रोत्साहन गर्ने विभिन्न अफरहरू पनि सार्वजनिक भइरहेका छन्।